-गीलु रातोस

८-जेठ काठमाडौं- खालिङ राई समुदायका कान्छा आरोही मिलन राईले सगरमाथाको शिखरमा पु¥याए खालिङ राईहरुको छाता संगठन किरात खालिङ राई उत्थान संघको झण्डा फहराएका छन् । राईले यही मे २१ तारिकको विहान ३ बजे सगरमाथाका सफल आरोण गरेका थिए । उनले सोही आरोहणको क्रममा संघको झण्डा फहराएका हुन् । राईको यो सगरमाथा आरोहण दोस्रो पटक हो ।


आफू पनि खालिङ राईका भएकाले सगरमाथाको शिखरमा खालिङ राईहरुको संस्थाको झण्डा पुर्‍याएको आरोही राईले बताए । ‘म खालिङ राई परिवारमा नै जन्मिएँ । त्यसैले आफ्नो संस्थाको झण्डा चोमोलुङमाको शिखरमा पुर्‍याएर फहराउनु पाउँदा मलाई एकदमै खुसी लागेको छ’, सफल आरोहणपश्चात राईले भने ‘हाम्रो समुदायलाई थोरै भए पनि चोमोलुङमाको शिखरबाट चिनाउन पाएँ ।’ राई किरात खालिङ राई उत्थान संघको विद्यार्थी विभागका सह–सचिव समेत रहेका छन् । सन् २०२३ देखि हिमाल आरोहण सुरु गरेका राईले सानै उमेरमा सगरमाथासहित मेरा पिक, हिमलुङ, आमाडब्ल्म, आइसल्याण्ड लगायतको सफल आरोहण गरिसकेका छन् ।


मिलन राई

त्यसैगरी किरात खालिङ राई उत्थान संघले पनि आफ्नो झण्डा सगरमाथाको शिखरमा पुगेकोमा खुसी व्यक्त गरेको छ । संघका अध्यक्ष बल बहादुर राईले प्रथम पटक संघको झण्डा सगरमाथाको चुचुरोमा फहराउनु गर्वको विषय भएका बताए । ‘हाम्रो समुदायको सबैभन्दा कान्छा आरोही मिलन राईले संस्थाको झण्डा चोमोलुङमाको शिखरमा पुर्‍याएर फहराउनुभयो । यो हाम्रो लागि एकदमै गौरवको कुरा हो’, राईले भने ‘तीन चुला, चिन्डो र धनुकाँडको प्रतीक रहेको हाम्रो झण्डा चोमोलुङमाको शिखरमा फहराउँदा सिंगै समुदायले गर्वको अनुभुत गरिरहेका छौं ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com