कवि – शोप्रिया राई
शोप्रिया राई युवा पुस्ताकी सु–प्रसिद्ध कवि हुन् । उनी धरानमा बसेर कविताकर्म गर्छिन् । युवा पुस्ता क्लिसे कविता लेखनदेखि पर भागिरहेको समयमा राई कवितामा नयाँ क्राप्ट सहित युवा पुस्तालाई कवितामा फर्किने आग्रह गर्छिन् । राई प्रेमलाई कवितामा केन्द्र बनाएर लेख्छिन् । उनको लेखनको खासियत यो पनि हो । जेनजी पुस्ता यो समय नेपाली कवितालाई कसरी हेरिरहेको छ ? माथि – राई सँग इ–सेवारोको निम्ति सम्पादक – विशाल नाल्बोले गरेको कुराकानीको अंश
प्रश्न – जीवनलाई खोला सँग तुलना गर्ने हो भने, जीवन हरदम बगिरहेको हुन्छ । जीवन सँग बग्दै(बग्दै समयको यो मोड सम्म आइपुग्दा तपाईले जीवनलाई कुन नाउँ दिएर अर्थ्याउनु भएको छ ?
उत्तर – जीवनलाई मैले समयको खेल भनेर अर्थ्याएकी छु। मेरो जीवनमा हरेक कदम पाइला अघि चाल्दा समय सँगै अघि बढदै गरेकी आफुलाई पाएको छु । र रहेयौँ जीवनलाई खोला संग तुलना गर्ने हो भने मेरो जीवनको खोला त्यो दिन बग्दै गरेको हालतमा पुगेयो जुन दिन मैले साहित्य तर्फ रुचि गरे।
प्रश्न – कविता र जीवनको सम्बन्ध के हो ? अथवा के होइन ?
उत्तर – कविता र जीवनको सम्बन्ध यो हो कि कविता बन्ने भनेकै जीवनको घटना बाट हो । मेरो जीवनको र कविता सम्बन्ध बारे भन्नू पर्दा म मेरो हरेक कविता मेरो जीवनमा भएका घटनाहरु बाट प्रेरित भएर लेख्ने गरेकी छु । जसले कवितालाई जिउँदो नाम दिन्छ ।

कवि – शोप्रिया राई
प्रश्न – तपाई त जेन(जी पुस्ताको कवि हुनुहुन्छ जेन-जी पुस्ताले यो समय लेखिरहेको कवितालाई कसरी लिइरहेको छ ? अथवा हेरिरहेको छ ?
उत्तर – यो समयमा लेखिएको कवितालाई जेन जि पुस्ताले प्रेरणाको रुपमा कसैले लिइरहेका छन् भने त कसैले मनोरञ्जनको रुपमा लिइरहेका छन् त्यो आफुमा भर पर्ने कुरा हो । भनिन्छ नि हुने बिरुवाको चिल्लो पात नहुनेको खस्रो त्यस्तै नै हो कविता पनि अहिलेको जेन जि पुस्ताहरुको लागी।
प्रश्न- तपाईको पुस्ता यो समय नेपाली कविता लेखनमा कस्तो खाले परिवर्तन होस् चाहन्छ ?
उत्तर – पुस्ता बारे थाहा भएन, तर मेरो विचारमा चाहिँ नेपाली कविता लेखनमा परिवर्तन ल्याउन सानै देखि विद्यालय संग संगै घरमा पनि अहिलेका पुस्तालाई नेपाली कविताको इतिहास र महत्त्व बारे बुझाउनु पर्ने हुन्छ। यसो गरे हामीले आउँदो पुस्ताहरुलाई समेत कविता लेखन सीप हस्तान्तरण गर्न सक्छौं ।
प्रश्न – जेन जी पुस्ताले पढ्न खोजिरहेको कविता कस्तो हो वा कस्तो हुनुपर्छ ?
उत्तर– जेन जि पुस्ताले खोजेको कविता नै अहिलेको किशोर किशोरीले गर्ने प्रेम बारे हो। अहिलेका पुस्ताहरुलाई बढो मजा आउँछ प्रेम सम्बन्धि कविता र कथा सुन्न।
प्रश्न – हरेक कुराले कुनै कालखण्डमा पुगेपछि परिवर्तनको मागको गर्छ। यतिबेला नेपाली कविताले पनि परिवर्तनको माग गरिरहेको अवस्था हो ?
उत्तर – हरेक कुराले मागे पनि मलाई लाग्दैन कविताले माग गरिरहेकाको भनेर किनकि नेपाली साहित्य भनेको लेखन लेखनाथ पौडेल, पारिजात जस्ता महान लेखकहरुले सुरु गर्नु भएको थियो र कवितालाई कविता जस्तै रहन दिन पर्छ भन्ने मेरो विचार छ ।

कवि – शोप्रिया राई
प्रश्न – यतिबेला कस्तो भइरहेको छ भने हरेक साहित्य समारोहरकवि गोष्ठी तिर उही पुरानै अनुहार बारम्बार दोहोरिरहेको देखिन्छ। तपाईको पुस्ताको उपस्थिति कवितारसाहित्यमा किन न्युन ? कि अग्रजहरु नै सधै मञ्चमा आशिन भइराख्न चाहन्छन् ?
उत्तर– उहीँ पुराना देख्नुको एउटै मात्र कारण जेन जि आफैंनै हुन्। आफुले रचना गरेका कविताहरु अहिलेका पुस्तालाई अघि मंचमा प्रस्तुत गर्न रुचाउँदैनन। माइक पक्रन डराउछन् यहीँ कारणले गर्दा हो जेन जि कविता साहित्य तर्फ अघि देखा नपरेका हुन्।
प्रश्न – प्रेम आफैंमा बृहत् शब्दकोश हो यसलाई कुनै एउटा वाक्यमा वर्णन गर्न सम्भव छैन। यदि कदमकाचित तपाई प्रेममा हुनुहुन्छ भने यौटा कविले प्रेमलाई कसरी शब्दमा वर्णन गर्छ होला ?
उत्तर – एउटा कविले मैले आफ्नो प्रेमलाई कलमू र पानामा वर्नन गर्ने गरेकी छु। केनभने प्रेम एउटा यस्तो शब्द हो जुन कहिले पनि मर्दैन। रोमियो र जुलिट लाई हेर्दा हुन्छ । अमर प्रेम काहानी त्यहीँ कहिले मर्दैन त्यसैले म मेरो प्रेमलाई कलम र पाना संग वर्नन गर्छु। म उहाँको लागी पाना भर्दै आकाश र धर्ती सबैमा उहाँलाई सम्झी प्रेमका पाना र कलमले भर्दै जानेछु जसले गर्दा मेरो प्रेम उहाँको लागि सधैंलाई अमर हुनेछ।
प्रश्न – कविता लेखेर मैले जीवनको यस्तो महत्वपूर्ण चिज गुमाए भन्दा पनि । कविता लेखेर तपाईले जीवनमा के त्यस्तो प्राप्त गर्नु भो ? जसलाई तपाईंले जीवनकै सर्वोउत्कृष्ट एकथोक मान्नु हुन्छ ?
उत्तर–कविता लेखेर प्रस्तुत गरेर नाम कमाए , अग्रज कवि दाइदिदीहरुलाई पाए, कविताको महत्त्व र कविताम निखार कसरी ल्याउने बारे जान्कारी पाए। सब भन्दा ठुलो उपाधी मैले कवि भन्ने शिर्षक पाए त्यसैले मेरो लागी कविता र साहित्य सर्वोत्कृष्ट एक-थोक हो।
प्रश्न – पछि-पछि तपाई कवि हुनु भएन भने के भन्नुहुन्छ होला ? कि सधै कवि भइराख्नु हुन्छ ?
उत्तर– साहित्य र कवि यस्तो चिज हो जुन एक पटक प्राप्त भए पछि कहिले मेतिदैन त्यसैले पछि गएर पुरै कविता संग्रह निकाल्ने कवि बन्न नसके नि मेरा आफ्नै पन्ना भर्ने कवि त अवस्य हुनेछु। त्यसैले म सधै कवि नै भइराख्ने छु।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

प्रतिक्रिया