काठमाडौं । अभिनेता पल शाह अब फिल्म निर्माणमा पनि अगाडि बढेका छन् । पल शाह फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘यानीमाया : रिदम अफ लभ’को छायांकन केही समयमा सुरु हुँदैछ । छायांकन जेठको १ गतेबाट सुरु गर्ने तयारी छ ।

त्यसअघि निर्माताले फिल्मको पहिलो झलक सार्वजनिक गरेका छन् । जसअनुसार, फिल्ममा पल र अञ्जना मगरको जोडी पक्का भएको छ । यी दुईजनाले यसअघि म्युजिक भिडियोमा सहकार्य गरेका छन् । फिल्मलाई ओम प्रतीकले निर्देशन गर्दैछन् । प्रतीकले फिल्म ‘मोहर’लाई निर्देशन गरेका थिए, जसमा अभिनेता शाह मुख्य भूमिकामा थिए । यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए ।

अब, ओम र पलले एउटै फिल्ममा फेरि टिमअप गरेका छन् । फिल्ममा पल र चन्द्र ज्योती आलेको लगानी हुनेछ । ‘यानीमाया’लाई ‘प्रेमको धुन’ भनिएको छ । यसैले, पनि यो फिल्म प्रेमको कथामा निर्माण हुन लागेको जान्न सकिन्छ । यसवर्ष पलका ‘मोहर र आबाट आमा’ फिल्म रिलिज भइसकेका छन् । दुबै फिल्मले बक्सअफिसमा राम्रो कमाइ गरे । ‘आबाट आमा’ २०८२ सालमा धेरै कमाउने दोस्रो नेपाली फिल्म हो ।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com