काठमाडौं । टेलिभिजन कमेडी रियालिटी शो ‘कमेडी दरबार’ को तेस्रो सिजन घोषणा भएको छ । नयाँ सिजन ४ बैशाख, २०८३ देखि सुरु हुने जनाइएको छ ।

मंगलबार निर्माताले ‘घोषणा भिडियो’ युट्युबमा सार्वजनिक गर्दै तेस्रो सिजन आउने जनाएका हुन् । साथै, शोमा केही नयाँ सदस्यको आगमन हुने संकेत पनि दिइएको छ ।

यद्यपि, नयाँ सिजनमा के-के परिवर्तन हुन्छ भन्ने अझै खुलाइएको छैन । बुझिएअनुसार सिजन ३ मा महाराजा र महारानीको लहरमा अर्को एकजना पनि थपिनेछन् ।

३ जना जजमध्ये मनोज गजुरेल र गौरी मल्लले निरन्तरता पाउनेछन् । अर्का जज को हुन खुलाइएको छैन । केही कमेडियन पनि थपिनेछन् । यद्यपि, नयाँ थपिन लागेकाहरूको नाम सार्वजनिक गरिएको छैन ।

पहिलो सिजनबाटै सहभागी कमेडियन हिमेश पन्त भने बाहिरिएका छन् । स्रोतका अनुसार, उनी आफ्नै टिभी कार्यक्रम ल्याउने तयारीमा छन् । यसको पुष्टि हुन बाँकी छ । कमेडी दरबार’ शोलाई बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्तरुपमा निर्देशन गर्दै आएका छन् ।

भिडियो

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com