२५ फागुन, काठमाडौं । नेकपा (एमाले)का राष्ट्रिय सभा सांसद रामकुमारी झांक्रीले संविधानमा अपरिवर्तनीय भनेर राखेर प्रावधानबाहेक सबै विषयमा छलफल गर्न सकिने टिप्पणी गरेकी छिन् ।

सोमबार राष्ट्रिय सभा सांसद पदको शपथ लिएलगत्तै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो प्रतिक्रिया दिएकी हुन् । सांसद झाँक्रीले राष्ट्र र जनताको पक्षमा हुने संविधानसम्मत सबै वस्तुहरुमा छलफल गरेर अघि बढ्न एमाले तयार रहेको पनि बताइन् ।

‘राष्ट्र र जनताको पक्षमा हुने संविधानसम्मत हर चिजहरू संविधानका केही अपरिवर्तनीय धाराहरूबाहेक सबै परिवर्तनशील छन् । सबै प्रावधानहरू परिवर्तन हुन्छ,’ उनले भनिन्, ‘संविधानमा के चिज अपरिवर्तनीय भनेर संविधानमा लेखिएकै छ । त्यसकारण यी सबै विषयहरुमा छलफल हुन सक्छ ।’ साथै, उनले निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल गर्न पार्टीले छिट्टै समिक्षात्मक बैठक बोलाउने पनि बताइन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com