
तस्विर : आर्यन धिमाल ।
झापा–५ मा अहिले सबैको ध्यान केन्द्रित छ । अन्तिम मतपरिणाम आउनै लाग्दा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । सडकमा सुरक्षाकर्मीहरूको बाक्लो पंक्ति उभिएको थियो । त्यही भीडभाड र तनावपूर्ण क्षणमा एउटा सानो, तर मार्मिक दृश्य देखिए,
सडक किनारको नालीमा एउटा कुकुर भौतारिरहेका थिए । उनी नालीमा डुबेका अर्को कुकुरको बच्चा बचाउन गुहार मागिरहेका जस्ता लाग्थ्यो । किनभने नालीमा सानो कुकुर डुबिरहेको देखिन्थ्यो ।
त्यसबेला एउटा सुरक्षाकर्मी दौडँदै त्यहाँ पुगे । उनले नालीमा डुब्दै गरेको सानो कुकुरको बच्चालाई सजिलै निकालेर सडकमा राखिदिए । यो कुनै ठूलो काम थिएन, तर करुणा, समभाव र मानवताको एउटा मर्मस्पर्शी दृश्य थियो ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया