२४ फागुन, काठमाडौं । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।

निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा सामपाङले ८ हजार ४९२ मतान्तर ल्याउन सफल भए । तामाङले २७ हजार २४९ मत ल्याइन् । यसअघि श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १ बाट जित निकालेका छन् । त्यस्तै भोजपुर १ मा पनि प्रारम्भिक गणनामा यहीं पार्टीका ध्रुवराज राईले अग्रता लिएका छन् ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com