काठमाडौँ : लिम्बू भाषामा निर्माण भएको लघु चलचित्र ‘तङ्सिङ्’ ले उत्कृष्ट लघु चलचित्र अवार्ड प्राप्त गरेको छ। शनिबार याक्थुङ चलचित्रकर्मी संघद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय याक्थुङ सिने अवार्ड–२०८२’ अन्तर्गत धरानमा सम्पन्न समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो।
यसै चलचित्रबाट सागर केरुङ ले उत्कृष्ट निर्देशक तथा लक्ष्मी योङ्हाङ ले उत्कृष्ट कलाकार को अवार्ड प्राप्त गरेकी छन्।
मातृभाषा नजान्ने आत्मालाई पितृलोकमा स्वीकार गर्ने वा नगर्ने विषयमा आधारित द्वन्द्वात्मक कथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘तङ्सिङ्’ याक्थुङ मुन्चइत चोक सयङ्ले चलचित्र विकास बोर्डको आर्थिक सहयोगमा निर्माण गरेको हो।
सागर केरुङको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा लक्ष्मी योङ्हाङ, नाम्बिन सेर्मा, रत्ना लिङ्देन लावती, पूर्ण सेलिङ, सलमान थलङ, इन्दु तुम्सा, मनु थक्लुङ, मिना लिम्बू, हाङमा थेबे, बिपना आङ्बुहाङ ‘सुहाङमा’, आशा राई नेम्बाङ, नरेश वनेम, याम लिम्बू नेयोङ, सीता राई नेम्बाङ, तीर्थ मादेम्बा, राम तिलिङ, भवानी विक्रम नेम्बाङ र नरेन्द्र सुब्बा लगायत कलाकारहरूको सशक्त अभिनय रहेको छ।
भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=1gPE5sRxbXU
प्रकाशित मिति: २६ माघ २०८२, आइतबार

प्रतिक्रिया