१७ मङ्सिर काठमाडौँ ।नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । बिहान ११ बजेका लागि समिति बैठक आह्वान भएको समितिका सदस्य तथा पार्टी केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए । चौधरीका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय भएसँगै महामन्त्री गगन थापाले आफू संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक बोलाएका हुन् ।

समितिमा केन्द्रीय सदस्यहरू चौधरी, सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) सदस्य छन् । केन्द्रीय समितिले पारित गरेको महाधिवेशनको कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट केन्द्रमा आइपुग्ने मिति राखिएको छ । 

प्रकाशित मिति: १८ मंसिर २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com