काठमाडौं। प्रदर्शनरत फिल्म जारी २ ले फिल्ममा काँटछाँट गर्दै १४ मिनेट दृश्य थपेको छ । थपिएका दृश्यसहितको फिल्मलाई सोमबार बेलुका सेन्सर गरिएको छ ।केही नयाँ दृश्य र केही पुराना दृश्यमा कैंची चलाउँदै कूल १४ मिनेटको दृश्य थपिएको केन्द्रीय चलचित्र जाँच समितिका एक सदस्यले बताए।

ती सदस्यका अनुसार क्लाइमेक्स अघि दृश्य थपिएको हो । योसँगै फिल्मको रनटाइम २ घण्टा २१ मिनेट पुगेको छ ।फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलले पनि नयाँ थपिएका दृश्यसहितको फिल्मलाई दर्शकले मंगलबारदेखि हलमा हेर्न पाउने बताए।

यसलाई हामीले डिरेक्टर कट भनेका छौं’ पोखरेलले भने ।प्रायः फिल्मले आफूखुसी दृश्य काटेर फिल्म चलाउने गरेको गुनासो आएपनि ‘जारी २’ले सेन्सरको नियम पालना गरेको समितिका ती सदस्यले बताए ।पछिल्लो समय समितिले हल अनुगमनलाई तीव्रता दिएको छ । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com