बुटवल । श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ चयन भएका छन् । आज बुटवलमा भएको भेलाले गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ, जसको उपाध्यक्षमा केशव न्यौपाने, सचिवमा सुगम राई, कोषाध्यक्षमा रामु दमाइ, सह सचिवमा अमृता पल्ली मगर चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा सूर्य थापा, विरु विक, हिमाल पुलामी मगर, मान बहादुर बुचा मगर, तिलकराम गैरे, रेशम बगाले, खेम बहादुर थापा, लुकमाया गुरुङ र लेककुमारी आले मगर चयन भएका छन् । त्यस्तै वरिष्ठ सल्लाहकारमा भीम गौतम चयन भएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आइतबार मात्र बुटवलमा जिल्ला र प्रदेश कार्यालय स्थापना गरेको छ । बुटवलको रंगशालामा सरसफाइ कार्यक्रम आयोजना गरेर पार्टीले जिल्ला र प्रदेश पार्टी कार्यालय स्थापना गरेको हो ।
प्रकाशित मिति: २४ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया