२५ असोज, जाकपुरधाम

माटोको ढिस्कोले पुरिएकाहरूको उद्धार गर्दै स्थानीय ।

बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ तिहारको तयारीको लागि माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

ढिस्कोमा पुरिएर अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको उपचार प्रादेशिक अस्पताल, कलैयामा भइरहेको छ । मृतक र घाइतेहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com