काठमडौं

माई प्लेटफर्मको प्रस्तुतिमा सञ्चालन हुन लागिरहेको रियालिटी शो द रिदम अफ पोयट्री मेरो कविताको आधिकारिक निर्णायकहरु घोषणा गरिएको छ । जसमा सुप्रसिद्द कवि हेमन यात्री, चर्चित युवा कवि उत्तम तुम्सा लिम्बु, सुप्रसिद्द गजलकार एवम् कवि सुमन स्मारिका र ससक्त युवा कवि अज्ञात दधि शोका निर्णायक रहनेछन् ।

नयाँ पुस्ताका कविहरुलाई पहिचान, प्रोत्साहन तथा संरक्षण गर्ने हेतुले सञ्चालनमा ल्याउन लागेको कार्यक्रमको छायांकनको निम्ति पूर्वको सुन्दर नगरी दमक स्थित बेलडाँगीमा सेट निर्माण भईरहेको छ ।

सबै रास्ट्रिय स्तरको रियालिटी शो तथा कार्यक्रमहरु राजधानीमा मात्रै छायांकन र उत्पादन हुन्छ भन्ने मान्यतालाई चिर्न कार्यक्रम राजधानी बाहिर छायांकन गर्न लागेको निर्माण टिमको स्रोतले बताएका छन् ।

कार्यक्रमका निम्ति डिजिटल अडिसन खुल्ला भईसकेको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com