काठमाडौं। भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित गोसाइँकुण्ड गाउँपालिकाको स्याफ्रु क्षेत्रका बासिन्दा तथा स्वयम्भूस्थित येलो गुम्बामा आश्रय लिइरहेका बाढीपीडितहरूको सहयोगका लागि नेपाल आदिवासी जनजाति मञ्च, अष्ट्रेलियाले ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। मञ्चले बाढीपीडितहरूका लागि सञ्चालन भइरहेको होल्डिङ सेन्टरको दैनिक व्यवस्थापन, सञ्चालन तथा आवश्यक खर्चमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम मिति २०८३ साल कात्तिक ८ गते विपद् व्यवस्थापन समितिका अध्यक्ष श्री बुजुङ तामाङलाई हस्तान्तरण गरेको हो। विपद्बाट प्रभावित नागरिकलाई राहत तथा आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यले प्रदान गरिएको यस सहयोगले होल्डिङ सेन्टरको सञ्चालन र पीडितहरूको दैनिक व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस सहयोगका लागि पहल गर्ने प्रतिनिधिले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने संस्थाका अध्यक्ष लक्ष्मण गुरुङ (पेम्बा) लगायत मञ्चका सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गरेका छन्। नेपाल आदिवासी जनजाति मञ्च, अष्ट्रेलियाले आगामी दिनमा पनि बाढीपीडितहरूको सहयोगका लागि आफ्नो क्षमताअनुसार सहयोग जारी राख्ने र थप सहयोग जुटाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएको छ। विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायलाई सहयोग पुर्‍याउन स्वदेश तथा विदेशमा रहेका नेपाली समुदाय र संघसंस्थाको सहकार्य महत्त्वपूर्ण हुने देखिन्छ।

प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com