ओमाहा नेब्रास्का, अमेरिका। अमेरिकाको नेब्रास्का राज्यस्थित ओमाहा शहरमा आगामी जुन २५ देखि २८, २०२६ सम्म ११औँ किरात राष्ट्रिय सम्मेलन २०२६ भव्य रूपमा आयोजना हुने भएको छ।

विश्वभर छरिएर रहेका किरात समुदायलाई एकै स्थानमा जोड्ने उद्देश्यले आयोजना गरिएको यस सम्मेलनको संयोजन किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाले गरेको हो भने किरात कल्चरल सोसाइटी अफ नेब्रास्काले आतिथ्यता प्रदान गर्नेछ।

चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा खेलकुद, सामाजिक, धार्मिक तथा सांस्कृतिक गतिविधिहरू समेटिएका छन्। कार्यक्रमअनुसार पहिलो दिन किरात राष्ट्रिय भलिबल प्रतियोगिता २०२६, दोस्रो दिन किरात राष्ट्रिय वार्षिक बैठक २०२६, तेस्रो दिन किरात राष्ट्रिय खिबेक्वा याक्वा सेवा २०२६ तथा अन्तिम दिन किरात राष्ट्रिय सांस्कृतिक कार्यक्रम २०२६ आयोजना गरिनेछ।

आयोजकका अनुसार सम्मेलनले किरात समुदायबीच आपसी एकता, सहकार्य र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै भाषा, संस्कार, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्मेलनमा अमेरिका लगायत विभिन्न देशबाट किरात समुदायका सदस्य, सामाजिक अभियन्ता, युवा तथा सांस्कृतिककर्मीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।

आयोजक संस्थाले सम्पूर्ण किरात समुदाय, शुभेच्छुक, परिवारजन तथा साथीभाइहरूलाई सम्मेलनमा सहभागी भई यस ऐतिहासिक अवसरलाई भव्य र स्मरणीय बनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com