किनभने नायिकाले डाँडामा सल उडाएको मन पराउने दर्शक, साउथ इण्डियनवाला फाइट खोज्ने दर्शक वा विभिन्न प्रतिष्ठित फेस्टिवलहरुको लोगो टाँसिएको फिल्म मात्रै हेर्ने दर्शकहरुको भन्दा नयाँ स्वाद छ ।

गीलु रातोस

फिल्म समिक्षा

साथी अनिल बुढा मगर द्वारा निर्देशित फिल्म मितज्यूु हेरियो । मितज्यूले हाम्रो समाजको यथार्थ विगत अझ भनौं, हाम्रो राजनीतिक विगतलाई फिल्ममा सर्लक्क उतारेको छ । सामान्यतया हामीले पार्टीहरुलाई प्राइभेट कम्पनी भएको भनि लगाएको आरोपलाई फिल्मले गजबसाथ प्रमाणित गरेको छ कि तिनिहरु प्राइभेट कम्पनी नै हुन् ।


आत्मारामले हाँकिरहेको बोलेरो यस्तो ठाउँ पुगेर रोकिन्छ कि त्यसलाई उ आफैं जलाउँछ । र उसले ट्र्याक खन्न बाँकी दिशातिर हेरेर अघि बढ्ने कोसिस गर्छ । यो दृश्यलाई हेर्दा आत्मारामले परिवर्तनको नयाँ बाटो खोजिरहेको भान हुन्छ । तर वास्तविक दुनियाँ वा राजनीतिक दुनियाँको आत्मारमु भने त्यो हुन तयार रहेको देखिदैन । तर, फिल्मले भने अन्त्यमा नेतृत्व हस्तान्तरणमा पुस्ता मात्रै नभएर लैंगिक रुपमा पनि हस्तान्तरण हुनुपर्ने आवाज बलियोगरी उठाएको छ ।


जेहोस्, यो फिल्मलाई दर्शकले कसरी बुझ्ने रु त्यसका लागि धेरै वटा कोणहरु निर्देशकले छाडिदिएका छन् । समग्रमा यो फिल्म एउटा गजब प्याकेज हो, जहाँ राजनीति छ, प्रेम छ, ईर्ष्या छ, द्वन्द्व छ, दलाली छ, मगर संस्कृति छ । सबभन्दा गजब कुरा हाम्रो यथार्थ समाज छ, जोखिमयुक्त प्रयोगसहित ।


यो फिल्मले पस्किएको स्वादले नयाँ दर्शकहरुको डिमाण्ड गर्छ वा नयाँ दर्शकहरुको आगमन गराउँछ भन्ने लाग्छ । वा दर्शकलाई अर्को खुड्किलोमा उकाल्छ । किनभने नायिकाले डाँडामा सल उडाएको मन पराउने दर्शक, साउथ इण्डियनवाला फाइट खोज्ने दर्शक वा विभिन्न प्रतिष्ठित फेस्टिवलहरुको लोगो टाँसिएको फिल्म मात्रै हेर्ने दर्शकहरुको भन्दा नयाँ स्वाद छ, यस फिल्ममा ।
कलाकारहरुको अभिनयबारे त यहाँ भनिरहनुपर्ने कुनै जरुरी छैन । हेर्नुभएको छैन भने जसरी पनि यो फिल्म हेर्नुस् ।
नोटस्; मैले यो फिल्म जेष्ठ ८ गते शुक्रबार हेरेको आधारमा यति कुरा भनेको हुँ । अहिले झनै राम्रो गरि सुधार गरिएको भन्ने छ । अब फेरि हेरिनेछ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com