१९ – काठमाडौ । ‘लालीगुराँस महाराइड’को तेस्रो संस्करणमा ५ सय बढी रोयल एन्फिल्ड राइडर्स टिएमजे क्षेत्रतर्फ लागेका छन् ।

गत ३ वर्षदेखि लालीगुँरास संरक्षण अभियान चलाइरहेका रोयल एन्फिल्ड राइडर्सहरू धरानदेखि तीनजुरेसम्मको एक दिने राइडमा निस्किएको संयोजक सुदर्शन लिम्बूले जानकारी दिए ।

रोयल इस्टर्न एन्फिल्डर्स मोटरसाइकल क्लबलगायत रोयल एन्फिल्डले आन्तरिक पर्यटन प्रवर्धनलाई टेवा पुर्‍याउँदै ‘लालीगुँरास नटिपौं वातावरण जोगाऔं’ भन्ने नाराका साथ तेस्रो ‘लालीगुँरास महाराइड’ आयोजना गरेको संयोजक लिम्बूले जानकारी दिए । 

शुक्रबार बिहान ६ बजे धरान-१३ स्थित धरान भ्यूमा भेला भएका नेपाल र भारतलगायतका क्लबमा आबद्ध ५ सय २० राइडर्स मध्ये ३०० राइडर्सहरू तीनजुरेतर्फ लागेका हुन् ।

प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com