१२ – बैशाख काठमाडौं । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’ को रिलिज २२ गतेसम्मलाई रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

डा. रोशनी नेपाली वादी लगायत वादी समुदायका केही अभियान्ताहरुले चलचित्रविरुद्ध रिट निवेदन हालेका थिए ।

‘लालीबजार’ले वादी समुदायलाई नैतिक, सामाजिक र व्यवहारिक रूपले गलत देखाएको उनीहरूको आरोप छ । रिट निवेदक रोशनीले भनिन्, ‘यो चलचित्रले वादी समुदायलाई नैतिक, सामाजिक र व्यवहारिक हिसाबले एकदमै गलत देखाएको छ । यो चलचित्र कतै पनि प्रदर्शन हुनुहुन्न । चलचित्रलाई रोक्नकै लागि हामीले अदालतको ढोका ढकढक्याएका हौँ ।’

उच्च अदालतले अगामी २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यतिन्जेलसम्म चलचित्र प्रदर्शन नगर्न आदेश गरिएको छ । ‘लालीबजार’को आज आयोजना गरिएको प्रिमियर शो निर्माण पक्षले क्यान्सिल गरेको छ ।

याम थापा निर्देशित यो चलचित्र बादी महिलाको कथामा आधारित रहेको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि केही वादी अभियान्ताहरूले विरोध जनाएका थिए । चलचित्रले वादी समुदायलाई बदनाम गर्न खोजेको उनीहरूको आरोप छ ।

‘लालीबजार’लाई लिएर यसो भन्छिन् रोशनी:

फिल्मले वादी समुदायको पहिचान नै यौन व्यवसायसँग मात्र सम्बन्धित छ भनेर चित्रण गरिएको छ । यस्तो सन्देश गलत हो ।

राख्छ भनेर देखाइएको छ । फिल्मले हाम्रो आत्मसम्मनको हत्या गरेको छ । भावी पुस्तालाई यसले असर गर्नेवाला छ ।

‘लालीबजार’ हेर्नलायक थियो भने हाम्रो समर्थन नै हुन्थ्यो । तर, त्यो फिल्म हेर्दा म स्तब्ध भएँ । सुकिसकेको घाउलाई कोट्याइयो । त्यो पीडा थियो, शोसन थियो, समाजले जबरस्ती दिएको घाउ थियो । लालीबजारले त्यो घाउलाई कोट्याइयो ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com