वैशाख ८ ढाका — इन्धन आयातमा निर्भर बंगलादेशमा इन्धनको सीमित ढुवानी हुँदा देखिएको अभावसँगै पेट्रोल पम्प र ग्यास डिपोहरूमा लामो लाइन लाग्न थालेको छ ।  

मध्यपूर्व युद्धका कारण इन्धन आपूर्तिमा विश्वव्यापी समस्या आएको छ । बंगलादेश पनि यस समस्यासँग जुधिरहेको छ । इन्धन आपूर्तिमा कमी आएका कारण डिपोहरूले माग बमोजिम इन्धन आपूर्ति गर्न नसक्दा यसको प्रभाव सार्वजनिक यातायातका साधन र सर्वसाधारणमा समेत पर्न थालेको छ । 

इन्धन संकटका कारण सेवाग्राही पेट्रोल, डिजेल, ग्यासलगायतका वस्तु खरिदका लागि लामो समय (घण्टौँ)सम्म लाइनमा बस्नुपर्ने बाध्यता आएको छ । आफ्नो पहिलो नाम मात्र उल्लेख गर्ने ४३ वर्षीय चालक शमसुद्दिन मध्यरातदेखि ढाकाको ग्यास स्टेसनमा पर्खिरहेका थिए । 

गोपनीयताको कारण आफ्नो पहिलो नाम मात्र बताउने ४३ वर्षीय चालक शमसुद्दिन मध्यरातदेखि ढाकाको पेट्रोल डिपोमा पर्खिरहेका थिए । ‘छ घण्टा पछि अन्तमा मैले इन्धन पाएको छु,’ उनले भने । 

करिब १७ करोड जनसंख्या रहेको दक्षिण एसियाली मुलुक बंगलादेशले आफ्नो तेल र ग्यासको ९५ प्रतिशत आयात गर्छ, जसमध्ये अधिकांश मध्य पूर्वबाट आयात हुन्छ । स्ट्रेट अफ हर्मुज हुँदै हुने ऊर्जा ढुवानी फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भएदेखि अवरूद्ध भएपछि बङ्लादेशले वैकल्पिक बाटोबाट यदाकदा इन्धन भित्राएको भएपनि अधिकांश ढुवानीमा अवरोध भएको छ ।

बंगलादेशका ऊर्जामन्त्री इकबाल हसन महमुदले देशमा पर्याप्त इन्धन रहेको बताउँदै अवरोधको हल्लाले सेवाग्राहीले आत्तिएर भण्डारण गर्न खोज्दा समस्या भएको बताउँछन् । तर मोबाइल नेटवर्क अपरेटरहरूको राष्ट्रिय संघले सोमबार इन्धन अभावको कारण देखाउँदै अब निरन्तर सेवाको सुनिश्चितता गर्न नसक्ने बताएको छ ।

ग्यास स्टेशनमा पूर्व सरकारी अधिकारी शरिफुल इस्लामले आफूले अन्यत्र तीन घण्टा पर्खिसकेको तर पम्पले इन्धन भर्न बन्द गरेको बताए । 

डिपोहरूमा लामो प्रतीक्षाको परिणामले गर्दा कतिपय व्यक्तिले लाइनमा नै मृत्युवरण गरेका सञ्चारमाध्यमले समाचारमा जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार रंगपुर सहरमा भीषण गर्मीबीच घण्टौँ लाइनमा बसेका एक सेवाग्राहीको मृत्यु भएको छ ।

दक्षिणी जिल्ला नरेलमा इनधन भर्न लाइनमा बसेका एक ट्रक चालकले पम्प म्यानेजरलाई किचेको आरोपमा भएको विवादमा अन्य दुई जनाको मृत्यु भएको छ ।

केही उद्यमीहरूले व्यावसायिक अवसरहरू पनि पहिचान गरेका छन् । लामो लाइनमा बस्ने र लाइन छोड्न नपाएका चालकहरूलाई स्थानीयले रोटी र केरा, वा मसलादार बिरयानी (भुटेको भात) बेच्न तछाडमछाड गरेको देखिन्छ । 

यसैबीच इनधन अभावपछि इलेक्ट्रिक बाइकको बिक्री पनि बढेको छ । सरकारी तथ्यांकले विद्युतीय सवारी साधनको आयातमा तीन गुणा वृद्धि देखाएको छ । फेब्रुअरीमा ६०३ युनिटबाट मार्चमा दुई हजार १३९ युनिट पुगेको छ ।

विद्युतीय मोटरसाइकल विक्रेता अशरफुल आलमले गत साता खुलेदेखि ढाकामा उनको एटलस शोरूमबाट छ वटा मोटरसाइकल बिक्री भएको बताए ।   

ढाका विश्वको सबैभन्दा घना जनघनत्व भएको सहरहरूमध्ये एक हो र यहाँ कारले भरिएको सडकहरूमा दैनिक दुई करोड २० लाख बासिन्दाहरूको लागि यातायात सेवा इन्धन अभावको कारण निरन्तर निराशाको स्रोत बनेको छ । 

-रासस

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com