काठमाडौं। टी–२० आई सिरिज अन्तर्गत दोस्रो तथा अन्तिम खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा यूएईले नेपाललाई १२९ रनको लक्ष्य दिएको छ। टस हारेर बहिले ब्याटिङ थालेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन जोड्यो।

अक्षदीप नाथले अर्धशतकीय पारी खेल्दै टोलीको लक्ष्य केही उकासे। उनी ५३ रनमा अविजित रहे। यस्तै, मुहम्मद अर्फानले ३२ तथा अदीव उस्मानीले ३० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा लागि हेमन्त धामीले दुई विकेट लिए भने नन्दन यादव र साहब आलमले एक–एक सफलता हात पारे। आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ। हिजो सोमबार ६ विकेटले पराजित भएको नेपाल आजको खेल जितेर सिरिज बराबरी गर्न चाहन्छ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com