७ बैशाख काठमाडौं यो वर्षको स्वर्णिम साहित्य पुरस्कार बेलबारीका कवि रेखा सुवेदीलाई समर्पण गरिने भएको छ ।
स्वर्णिम साहित्य समाजको अफिसियल पेजमार्फत प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो।

यस्तै यो वर्षको स्वर्णिम साहित्य सम्मान भने धरानका साहित्यकार शरण राईलाई समर्पण गरिने भएको छ । कवि रेखा सुवेदीको नयाँ अनुहारु कविता कृति प्रकाशित छ भने निरन्तर साहित्य कर्ममा समर्पित छिन् यस्तै साहित्यकार शरणकुमार राईको हरेक साहित्यिक विधामा कलम चलाएका छन् । राईका ओइलिने फूल, मानव संसार, अन्तिम स्विकारोक्ती लगायतका दर्जनौं कृतिहरु प्रकाशित छन् ।

स्वर्णिम साहित्य समाजले आफ्नो स्थापना दिवश तथा नयाँ वर्षको अवसरमा हरेक वर्ष प्रदान गरिने यो पुरस्कार तथा सम्मान यस अघि पुरस्कारतर्फ लेखक रामकुमार तिवारी, साहित्यकार सगुन सुसारा र सम्मान तर्फ बराहक्षेत्रका साहित्य प्रवर्धक रुद्र दाहाल र अग्रज साहित्यकार मान बज्राचार्यलाई समर्पण गरिएको छ ।

पुरस्कार तथा सम्मान समितिका प्रमुख प्रकाश दिप्साली राईद्वारा हस्ताक्षर गरिएको विज्ञप्ति अनुसार उक्त कार्यक्रम आगामी वैशाख २६ गते शनिबारका दिन सो पुरस्कार तथा समर्पण गरिने छ । यस्तै पुरस्कारको राशि नगद रु। ५० हजार र सम्मानको राशि नगद रु। १० हजार रहेको स्वर्णिम साहित्य समाजका अध्यक्ष शरणकुमार लिम्बुले बताए ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com