२७ चैत, काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरूले शपथ लिएका छन् ।

राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ खुवाएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार नै उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए । उनले रामजी यादवलाई श्रममन्त्री र गौरीकुमारी यादवलाई मन्त्री नियुक्त गरेका थिए ।

यसअघि हिजोमात्रै श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए । उद्योग मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए ।

रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com