काठमाडौं । चर्चित डान्सर आश्मा विश्वकर्माले ‘५० प्रभावशाली महिला २०८२’ को सूचीमा सामेल भएपछि उत्साहपूर्ण प्रतिक्रिया दिएकी छन् ।

यो सम्मान ग्रहण गर्न पाउँदा आफूलाई सपनाजस्तै लागेको र आफूले सपना बाँचेको उनले बताएकी छन् ।

यो अवार्डपछि आफ्नो मिहेनतमा अझै केन्द्रित हुन मन लागेको बताउँदै आश्माले आफ्नो देशको नाम अझै उच्च भएको हेर्न चाहेको बताएकी छन् ।

भन्छिन्, ‘धन्यवाद । म र मेरो परिवार धेरै खुसी छौं । यो अवार्ड पाएपछि मेरो मिहेनतमा अझै बढी फोकस गर्न मन लागिरहेको छ । मलाई धेरै माया गर्ने शुभचिन्तक, उहाँहरुले गर्दा सपनामा छु जस्तो लागेको थियो । सपनालाई बाँच्न पाएँ ।’

सम्मानले आफूलाई अझै जिम्मेवार बनाएको उनको भनाइ छ । ‘आगामी दिनमा उत्कृष्ट काम गर्न, कलामार्फत समाजमा सकारात्मक सन्देश दिन र नेपाली कला संस्कृतिलाई अझै उच्च स्थानमा पुयाउन प्रेरित गरेको छ’ उनले भनेकी छन् ।

२८ वर्षिया आश्मा डेढदशकदेखि अनवरत नृत्य पेशामा संलग्न छिन् । उनी मुलुकको पहिलो ‘बी गर्ल’ डान्सर हुन् । सामाजिक संजालमार्फत उनी विश्वभर चर्चित पनि छिन् । १६ वर्षको उमेरमै बी गर्ल भनेर उनले नृत्यको संकल्पलाई अघि बढाएकी थिइन् ।

उनी चर्चित डान्स समूह ‘कार्टुन्ज क्रू’ सँग पनि आबद्ध छिन् ।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com