काठमाडौं । प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय फिल्म ‘तरंग’को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी देवदत क्रियसनले आइतबार पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसी फिचर्ड छन् । उत्सव पाण्डेले तयार गरेको पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव देखिन्छ ।

फिल्ममा वरुण र रविनासँगै बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरी प्रमुख अभिनयमा छन् ।

तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्ममा हरिनारायण चौधरी कार्यकारी निर्माता छन् । महेश पौडेलले छायांकन गरेको फिल्ममा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन, मनोज थापामगर, पवन गिरी र मनोज महतोको संगीत समावेश छ । पाश्र्व ध्वनी सुशील डंगोल र सुदीप श्रेष्ठको छ ।

मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको फिल्मको प्रदर्शन मिति भने सार्वजनिक छैन । यसै साता चलचित्रको आधिकारिक रिलिज मिति सार्वजनिक गरेर प्रचार प्रसारमा जुट्ने निर्देशक चौधरीले बताए ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com