
काठमाडौँ । अभिनेत्री जसिता गुरुङ र अभिनेता अनमोल केसीको ‘रिलेसनसिप’को गाइँगुइँ चल्न थालेको धेरै भयो । ‘फर्की फर्की’ फिल्म गरेयता यी दुईको अभिनय रहेको ‘जेरी अन टप’ बक्सअफिसमा हिट रह्यो ।
यी दुईले आफूहरूबीच प्रेम सम्बन्ध रहेको कुरालाई सार्वजनिकरुपमा स्वीकार भने गरेका छैनन् । यद्यपि, कतिपय क्रियाकलाप र सामाजिक सञ्जालका पोस्ट हेर्दा यी दुईजना गहिरो प्रेम सम्बन्धमा रहेको कुरा बुझ्न सकिन्छ ।
यस्तोमा, अनमोलको जन्मदिनमा जसिताले इन्स्टाग्राम स्टोरीमा हालेको भिडियोको अहिले निकै चर्चा भैरहेको छ । जन्मदिनको शुभकामना दिँदै जसिताले अनमोलसँगको रोमान्टिक भिडियो सेयर गर्दै ‘ह्याप्पी बर्थडे टु माई एकेसी’ लेखेकी छन् ।
जसिताको यो इन्स्टा स्टोरीले यी दुईजना प्रेम सम्बन्धमा रहेको कुरा बुझ्न मुस्किल छैन । यो स्टोरीले प्रेमसम्बन्धको हल्लालाई बल मिलेको छ । जसिताले अहिलेसम्म अरुलाई ‘मेरो’ भनेर शुभकामना दिएको जानकारी छैन । उनले जसरी अनमोललाई मेरो भनेर शुभकामना दिएकी छन्, यसले यी दुईबीचको निकटतालाई दर्शाउँछ ।
भिडियो पनि यसको अर्को प्रमाण हो । ‘फर्की फर्की’ मा सहकार्य गर्दादेखि नै यी दुईबीच प्रेम रहेको चर्चा आउन सुरु भैसकेको थियो । यस्तोमा प्रश्न उठ्छ- के जसिता र अनमोल गहिरो प्रेम सम्बन्धमा छन् ?
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

प्रतिक्रिया