मलाई लाग्छ, यो फिल्मलाई नाटकका रुपमा मञ्चन गरे झन् बेजोड हुनेवाला छ ।

-स्वप्निल स्मृति
मितज्युु अनिल बुढा मगर निर्देशित र जनक घर्ती मगर निर्मित चलचित्र आजदेखि हलमा। कथा जनयुद्धको अभिघात भोगेका रोल्पाको मगर समुदाय केन्द्रित छ । विकास अर्थात् रोडउपर ट्याक्सीवालाहरुको त्रिपक्षीय शक्तिसङ्घर्ष सुरु हुन्छ । माओवादी सत्तामा पुगेपछि उसले जसरी मितवाला एमाले र अर्को परवाला काँग्रेससँग अेनक सौदाबाजी गर्छ । अनि बिचमा अनेक स्वार्थकेन्द्र एजेन्सीु, विचौलियाहरु चलखेलमा सरिक हुन्छन् । यी यावत् विषयलाई फिल्ममा मितु सम्बन्ध निर्माण, पालन, उल्लङ्घनका कथालाई प्रतीकात्मक रुपमा देखाइएको छ । प्रतिरोध र विद्रोहको लामो समयावधि गुजारेका पात्रहरुको मनोविज्ञान सम्झौतामा आउन नसक्नु, स्ट्रेड फर्वार्ड शैलीले परिवारमा विचलनहरु पैदा हुन्छ । अर्कोतिर बजारवादलाई दोहोरी साँझ मार्फत् देखाएर नवउदारवादी सोच पनि समस्या भएर आएको छ ।
अन्ततः गाउँमा पिच रोड आएको, ट्याक्सी गुड्ने ठाउँमा नाइट बस, चालक र सहचालकमा पुरुषका ठाउँमा महिला, दुई मितज्यु पूर्वद्वन्द्व भूलेर मिलेको, नानीबच्चा बोकेरै आमाले ठूलो बस हाँकेको दृश्यले अहिलेको राजनीतिक व्यवस्थालाई इङ्गित गरेजस्तो लाग्छ ।
समग्रमा फिल्म राम्रो लाग्यो । घरज्वाईँ फिल्म, लोम्बाु र अरु राम्रा डकुमेन्ट्री बनाएका अनिल बुढाले खासमा यो फिल्मलाई अर्कै उचाइमा भन्न प्रयत्न गरेको देखिन्छ । त्यो प्रयत्न साधुवादीय छ ।
रोड सुविधासँग मात्र होइन व्यापार, प्रभुत्वसँगै गति पनि जोडिने विषय हो । यो प्रतीकलाई खेलाएर त्यो समयावधिको समग्र शक्ति खेललाई राजनीतिक र सामाजिक सतहमा कथा भन्न खोज्नु प्रशंसनीय छ । अभिनयमा दयाहाङ राई, सौगात मल्ल, टेरिया मगर, सहचालकको भूमिकामा रहेका सबै कलाकार, यातायात समितिको अध्यक्षमा रहेका कलाकार, पुष्कर गुरुङको अभिनय र मगरभाषीय टोन प्रशंसनीय छ ।
मलाई लाग्छ, यो फिल्मलाई नाटकका रुपमा मञ्चन गरे झन् बेजोड हुनेवाला छ ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

प्रतिक्रिया