७ -चैत काठमाडौं । नेपाली काव्य क्षेत्रको लोकप्रिय रियालिटी शो “मेरो कविता” मा प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गएको छ। टप–५ बाट टप–४ मा प्रवेश गर्ने निर्णायक चरण सुरु भएसँगै प्रतिभाशाली प्रतिस्पर्धीहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ।
यसै क्रममा धरानका चर्चित कवि प्रभेग हाङ्स्रोङ अहिले टप–४ को दौडमा सशक्त रूपमा अघि बढिरहेका छन्। आफ्नो मौलिक प्रस्तुति, सशक्त काव्यशैलीका कारण उनले दर्शक तथा निर्णायकहरूको मन जित्न सफल भएका छन्।
अबको चरणमा दर्शकको भोट निर्णायक हुने भएकाले कवि हाङ्स्रोङले सम्पूर्ण शुभेच्छुक, समर्थक तथा साहित्यप्रेमीहरूलाई आफूलाई भोट गरी सहयोग गरिदिन हार्दिक अपिल गरेका छन्।
प्रतिभाको सम्मान र प्रोत्साहनका लागि दर्शकको साथ अपरिहार्य रहने विश्वास गरिएको छ।
:मेरो कविता
प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार

प्रतिक्रिया