
काठमाडौं । रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर : द रिभेन्ज’ (धुरन्धर २) ले नेपालमा आक्रामक ओपनिङ गरेको छ । फिल्मले बिहीबार देशब्यापी १ करोड ५ लाख रुपैयाँ ग्रस कमायो ।
बिहीबार देशब्यापी अकुपेन्सी ७० देखि ८० प्रतिशत थियो । शुक्रबार यो फिल्मले १ करोड ३० लाख देखि डेढकरोडसम्म कमाउन सक्ने प्रक्षेपण गरिएको छ ।
शनिबार डेढकरोडदेखि २ करोडभित्र कमाइ हुने अनुमान गर्न सकिन्छ । तीन दिनको कमाइ जोड्दा कुल कमाइ साढे ३ देखि ४ करोड रुपैयाँ ग्रससम्म हुने प्रक्षेपण गर्न सकिन्छ ।
फिल्मले लगातार तीन दिनसम्म करोड रुपैयाँभन्दा माथिको कमाइ गर्ने पक्का छ । फिल्मको सकारात्मक समीक्षाको कारणले पनि यसले अझै केही साता राम्रै कमाइ गर्न सक्छ ।
बिहीबार नै यो फिल्मको लागि दर्शकीय डिमान्ड यति बढ्यो कि मुख्य मल्टिप्लेक्सन चेन क्यूएफएक्सको वेबसाइट नै डाउन भयो । अन्य हलको साइट र टिकेटिङ एप खल्तीको सर्भर पनि स्लो देखिएको थियो ।
अपडेटपछि बिहीबार बेलुकादेखि नै क्यूएफएक्स साइट पुनःसंचालनमा ल्याएको छ । साइट डाउन हुँदा भक्तपुर लगायतका हलले म्यानुअल शैलीमा टिकट बेचेका थिए । धुरन्धर’ को पहिलो भागले नेपालमा कम्तीमा १० करोड कमाएको थियो ।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया