६-फागुन काठमाडौं। नेपालमा प्रसारण भइरहेको चर्चित कविता आधारित रियालिटी शो ‘मेरो कविता’ मा सिक्किमका प्रतिभाशाली कवि सोनाम पाल्जर टप–५ मा पुग्न सफल भएका छन्। उनको उत्कृष्ट प्रस्तुति, भावनात्मक अभिव्यक्ति र शब्द चयनले दर्शक तथा निर्णायकहरूको मन जित्दै उनी प्रतियोगिताको अन्तिम चरणतर्फ अघि बढेका हुन्।
सिक्किमबाट आएका पाल्जरले आफ्नो यात्रालाई अझ मजबुत बनाउन दर्शकहरूसमक्ष भोटको अपिल गरेका छन्। उनले आफूलाई माया र समर्थन गर्ने सबैलाई धन्यवाद दिँदै आगामी चरणमा पनि साथ दिन आग्रह गरेका छन्।
उनको यो उपलब्धिलाई साहित्यप्रेमीहरूले निकै सकारात्मक रूपमा लिएका छन्। सामाजिक सञ्जालमा समेत उनका समर्थकहरू सक्रिय देखिएका छन् र भोटिङ अभियान तीव्र बन्दै गएको छ।
मेरो कविता’ जस्तो प्रतिष्ठित मञ्चमा टप–५ सम्म पुग्नु आफैंमा ठूलो उपलब्धि हो। अब फाइनल नजिकिँदै जाँदा दर्शकको साथ र समर्थन अझ महत्वपूर्ण हुने देखिन्छ।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया