५ चैत, धनगढी । कैलालीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् ।

गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले विवाद भएपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकले श्रीमतीलाई गोली हानी हत्या गरेको बताए ।

श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैंलाई पनि गोली हानेको प्रहरीको भनाइ छ । घाइते भएका रामबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृतक संजिताको शव घटनास्थलमै रहेको छ । माइती पक्ष आएपछि उठाइने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरेको डीएसपी तिमिल्सिनाले बताए ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com