
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको महिला सशक्तीकरण समितिले आयोजना गर्ने भनिएको विशेष कार्यक्रमको मिति परिवर्तन गरिएको छ ।
यसअघि फागुन २८, २९ र ३० गते आयोजना गर्ने तय गरिएको उक्त कार्यक्रम विविध कारणले चैत्र ११, १२ र १३ गते का लागि सारिएको चलचित्र विकास बोर्डले जनाएको छ
कार्यक्रमअन्तर्गत पहिले प्रदर्शनका लागि तय गरिएका चलचित्र ‘कुमारी’ र ‘जीवन काँडा कि फूल’ क्रमशः २०८२ साल चैत्र ११ र १२ गते प्रदर्शन गरिने जनाइएको छ ।
चलचित्र हेर्न इच्छुक भई बोर्डसँग सम्पर्क गरिसकेका चलचित्रकर्मीलाई पर्न गएको असुविधाप्रति बोर्डले क्षमायाचना समेत गरेको छ । प्रदर्शन गर्न लागिएका ती दुई फिल्मले महिला सशक्तीकरण, मर्म र संघर्षको कथा प्रस्तुत गर्छन् । ती फिल्ममार्फत महिला सशक्तीकरणको सन्देश दिन लागिएको बोर्ड अध्यक्ष दिनेश डीसीले जनाए ।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया