२४ फागुन, काठमाडौं । गएको कात्तिकमा दर्ता भएको श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फ तीन स्थानमा जित हासिल गरेको छ ।

श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१, महासचिव आरेन राई खोटाङ र ध्रुवराज राई भोजपुरबाट निर्वाचित भएका हुन् ।

धरान उपमहानगरपालिकाका मेयर साम्पाङले गत असोजमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले कात्तिक १६ गते दल दर्ताको प्रमाणपत्र दिएको थियो । समानुपातिक तर्फ ४३ लाख मत गणना हुँदा श्रम संस्कृति पार्टीले ९७ हजार ८९२ मत प्राप्त गरेको छ । समानुपातिक तर्फ निर्वाचित हुन कुल सदर मतको तीन प्रतिशत प्राप्त गर्नुपर्दछ ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com