
२२ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा मोरङ क्षेत्र नम्बर- २ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र प्रसाद रिजाल तेस्रो स्थानमा देखिएका छन् ।
मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णकुमार कार्कीले फराकिलो अग्रता बनाएका छन् । कार्कीले ५ हजार ७६७ मत प्राप्त गर्दा दोस्रो स्थानमा पछ्याइरहेका एमाले उम्मेदवार दिलीपकुमार अग्रवालले १ हजार ९८० मत पाएका छन् ।नेपाली कांग्रेस नेता रिजाल भने १ हजार ७१९ मतसहित तेस्रो स्थानमा छन् । नेपाल कम्युनिष्ट पार्टीका ७० वर्षीय उम्मेदवार चन्द्र वीर राईले ३०२ मत प्राप्त गरेका छन् । २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित रिजाललाई यसपटकको निर्वाचनमा नयाँ शक्ति भारी देखिएको हो ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया