२२ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर ६ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता बनाएकी छन् ।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार उनले १०३७७ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले २३६३ मत प्राप्त गरेका छन् ।

डाक्टर कोइराला भन्दा ८ हजार १४ मत रुविना अगाडि छिन् ।

नेकपा एमालेका उम्मेदवार विनोदप्रसाद ढकाल २२४५ मतसहित तेस्रो स्थानमा रहेर पछ्याइरहेका छन् ।

श्रम संस्कृति पार्टी उम्मेदवार मातृका पौडेलले २२२४ मतसहित चौथो स्थानमा छन् ।

राप्रपाका सविन निरौलाले ३९९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ओपेन्द्रकुमार रायले ३०२ मतसहित उनीहरुलाई पछ्याइरहेका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com