२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चार गुणा बढी ल्याएका छन् ।

रास्वपाका उम्मेदवार शिशिर खनालले २० हजार ९९२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार ५ हजार १२७ मत ल्याएका छन् ।त्यस्तै नेकपा एमालेका सांसद अमनकुमार मास्केले ३ हजार ७ मत ल्याएर कांग्रेसलाई पछ्याइरहेका छन् ।

२० हजार मत कटाएका खनाल २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com