मोरङ – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, जिल्ला कार्यसमिति मोरङको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ | शनिवार उर्लाबारीमा सम्पन्न छैटौ अधिवेशनले मिक्सन मिभकको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ | यसरी नै वरिष्ठ उपाध्यक्ष – रामकुमार खुदाङ, उपाध्यक्ष – शेरबहादुर तुम्बाहाम्फे, उपाध्यक्ष – जीतबहादुर लिम्बू, उपाध्यक्ष – राजेश हुक्पा चोङबा, सचिव – अशोक कुमार नाल्बो, सह-सचिव – खिलबहादुर खड्का, कोषाध्यक्ष – चन्द्र पालुङवा निर्वाचित भएका छन् भने सदस्यहरुमा ध्रुबहाङ राई, पदम बहादुर तुम्बाहाम्फे, नरबहादुर लिम्बू, राम कुमार राई, तिर्थ लिबाङ लिम्बू, जागेस्वर महत्व, कमल मिया, विसमकुमारी लिम्बू, ज्योति लिम्बू हाङस्रोङ, महमत अतिस, नरेन्द्र सम्बाहाम्फे, सेविकादेवी लिम्बू र फूलदेवी चौधरी निर्वाचित भएका छन् | संघीय अध्यक्ष कुमार लिङदेन ‘मिराक’को प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, प्रान्तीय महासचिव दिलु लिङदेन लावती, प्रान्तीय सचिव ध्रुव लावती, अर्थसचिव लासाङ निङलेकु, श्याम मादेन, छत्र साँवा, सुमन चेम्जोङ, दुर्गा वनेम, हर्क सम्बाहाम्फे, गोपाल पौडेल र गणेश मिभक लगायत नेतृत्वहरुको सहभागिता रहेको थियो |

प्रकाशित मिति: २८ मंसिर २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com