१७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध प्रदर्शन संयोजन समिति गठन गरेको छ । प्रवक्ता ज्ञानेन्द्र शाही संयोजक रहेको चार सदस्यीय संयोजन समिति गठन गरिएको हो।
राप्रपाको धारणा देशभर पुर्याउन, सभा, विरोध प्रदर्शनको व्यवस्थापन गर्न केन्द्रीय संयोजन समिति बनाएको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।संयोजन समितिका अन्य सदस्यहरुमा प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री धनबहादुर बुढा र सहमहामन्त्री रविन्द्र प्रताप शाह छन्।
प्रकाशित मिति: १८ मंसिर २०८२, बुधबार

प्रतिक्रिया