६ मंसिर, काठमाडौं ।नेकपा एमालेले आज भृकुटीमण्डपमा वृहत जनसभा आयोजना गरेको छ ।

‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ जनसभाको आयोजना गरिएको हो ।जनसभाको आयोजना बागमती प्रदेश कमिटीले गरेको हो । प्रदर्शनसहित जनसभा हुने एमालेले जनाएको छ ।

जनसभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभाअघि जुलुससहित एमाले नेता-कार्यकर्ता भृकुटीमण्डप पुग्नेछन् ।एमालेको जनसभालाई मध्ये नजर गर्दै काठमाडौंमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको छ ।

एमालेले शुक्रबार मात्रै भोलेन्टिएर फोर्स घोषणा गरेको थियो । जसको संयोजक पुष्पराज श्रेष्ठलाई तोकिएको छ ।प्रदर्शनको तयारी पूरा भएको एमाले बागमती प्रदेश कमिटीले जनाएको छ । जुलुससहित भृकुटीमण्डप पुगेपछि केही समयपछि सभा सुरु हुनेछ ।

प्रकाशित मिति: ७ मंसिर २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com