४ मंसिर, काठमाडौं ।जनता दल यूनाइटेड (जेडीयू) का नेता नितिश कुमार भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री बन्दैछन् ।
उनले आज १० औं पटक बिहारको मुख्यमन्त्री पदको शपथ लिने भएका छन् । उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।नितिश कुमार बुधबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) विधायक दलको बैठकबाट नेता चुनिएका थिए।
बैठकले नेता चयन गरेपछि बुधबार बेलुकी उनले बिहारका राज्यपाल आरिफ मोहम्मद खानसँग भेटवार्ता गरेका थिए।बिहारमा नयाँ एनडीए सरकारको शपथ ग्रहण समारोह पटनाको गान्धी मैदानमा हुने छ । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुने छन् ।शपथ ग्रहण समारोहमा सहभागी हुन केन्द्रीय गृहमन्त्री अमित शाह बुधवार बेलुकी नै पटना पुगिसकेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रकाशित मिति: ५ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया