२९ कार्तिक काठमाडौं ।उपेन्द्र सुब्बाको कथासंग्रह लाटो पहाडलाई लिम्बु भाषामा अनुदित गरिएको छ। डा मधुराज केरुङ पुष्प लोवा र शनी लिम्बुद्वारा अनुदित केवा कोक्मा’माथि शुक्रबार अनामगरमा आयोजित एक समारोहबीच समिक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।
अनुदित पुस्तकमाथि बोल्दै कार्यक्रमका प्रमुख अतिथि याक्थुङ भाषा साहित्य र संस्कृति अग्रज येहाङ लावतीले उपेन्द्र सुब्बाले गाउँको मौलिक पक्षलाई सुन्दर ढंगले कथा, कविता र चलचित्रमा प्रस्तुत गर्ने आशय व्यक्त गरे ।एउटै मात्रै कथा पढें केआम्बा इङ्वा’, त्यसबाट मैले यस्तो देखें उनले भने।

‘केबा कोक्मा’ संग्रहबारे बोल्दै मुन्धुमविद डिबी आम्बुङले लाटो पहाडको शीर्षक कथा नै हराएको बताए । लाटो पहाडबाट ‘केबा कोक्मा’ भएर आउँदा ‘लाटो पहाड’ कथै हराएछ । एकदम कस्तो कस्तो लाग्छ । अनुवादकहरूले त्यसो गर्न पाउँछ तर यो यो कारणले हामीले मुख्य शीर्षकको कथा अटाउन सकेनौं भनेर भन्दिनुभएको भए हामी पाठकहरूको उद्दार हुन्थ्यो”, उनले भने ।यद्यपि लाटो पहाडमा नभएका दुईवटा कथा ‘केवा कोक्मा’मा पाइने उनले बताए । अनुवाद गर्दा भने धेरै कुरामा ध्यान दिनुपर्नेमा आम्बुङले जोड दिए ।

आम्बुङकै कुरामा सहमति जनाउदै अर्का समिक्षक अध्येता भिमा खजुमले आजभन्दा १ दशक अघि नै प्रकाशनमा आई पुरस्कार प्राप्त गरिसकेको र कथासंग्रहबारे पहिले नै अधिक चर्चा भैसकेको कारण धेरै चर्चा गर्न आवश्यक नरहरेको बताइन् । उनले थपदुईवटा कथाको मात्रै चर्चा गरेकी थिइन् । “यहाँका कथाहरू पढिरहँदा कथासँगसँगै हिँडिरहेको महसुस हुन्छ”उपेन्द्र सुब्बाको कथाले याक्थुङ जीवनशैलीलाई जस्ताको तस्तै पस्किएको उनले बताएकी थिइन्। “अनुवाद भएर नेपाली भाषाबाट लिम्बु भाषामा आएको छ, त्यो नै सबैभन्दा राम्रो पक्ष हो। सकारात्मक पक्ष हो।तर अनुवादको क्रममा सरल शब्दको ठाउँमा क्लिस्ट शब्द पाइएको पनि बताइन् ।

कार्यक्रममा पूर्व सिडिओ तथा इतिहासवीद भगिराज इङ्नाम, कियाचुका उपाध्यक्ष गोविन्द आम्बुङ, नेपाल प्रहरीका पूर्व आइजीपी चन्द्र कुबेर खापुङ, लेखक हर्क योङ्हाङले पनि शुभकामना मन्तव्य राखेका थिए ।यस्तै अनुवादकहरुको तर्फबाट डा। मधुराज केरुङले आफ्ना भनाइ राखेका थिए ।
याक्थुङ लेखक संघ, उपत्यका समिति काठमाडौंको आयोजनामा सम्पन्न उक्त समिक्षात्मक कार्यक्रमको सभापतित्व अध्यक्ष सनी लिम्बुले गरेकी थिइन् ।कार्यक्रम संचालन समितिका उपाध्यक्ष सुनिल आङ्बोले गरेका थिए भने उपेन्द्र सुब्बा, कवि विमला तुम्खेवा, कलाकार तथा मुन्धुमविद यासेली योङ्हाङ, साहित्यकार श्याम सिङ्गक,दिलविक्रम आङ्देम्बेलगायतको उपस्थिति थियो।

यस पुस्तकका प्रकाशक किरात याक्थुङ चुम्लुङ, जापानका सल्लाहकार रिरिबहादुर तुम्बाहाम्फे रहेका छन् ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com