१२ नोभेम्बर, काठमाडौं ।गोर्खाल्याण्ड आन्दोलन क्रममा जंगी नेताको रूपमा पहिचान बनाएका छत्रे सुब्बाको दस वर्षे जेल जीवनमाथि केन्द्रित डक्युमेन्ट्री फिल्म ‘छत्रे टेन येर्स अफ ट्रायल’ को अन्तराष्ट्रिय यात्रा सुरू भएको छ।छत्रे सुब्बाको जेल जीवनमाथि केन्द्रित रहेर तयार गरिएको तथा निर्देशक राजेश प्रधानले निर्देशन गरेको उक्त डक्युमेन्ट्री हालसम्ममा इजिप्सियन अमेरिकन फिल्म फेस्टिभल,वर्ल्ड कल्चर फेस्टिभल कराची र योरा इन्टरनेशन फिल्म फेस्टिभल केन्याको निम्ति चयन भएको छ।
लगातार अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरूमा डक्युमेन्ट्रीले छनौट पाइरहेकोमा हर्ष व्यक्त गर्दै निर्देशक राजेश प्रधानले भने,यो हाम्रो निम्ति खुशीको कुरा हो।हाम्रो कथाले नयाँ बाटो र अन्तराष्ट्रिय स्टेज पाउनु आफैमा एउटा सुखद कुरा पनि हो ।’स्मरण गराइन्छ,उक्त डकुमेन्ट्री फिल्मलाई कालेबुङको ड्रिम थियरमा केहीसमय अघि स्पेशल स्क्रिनिङ पनि गरिएको थियो जसले आम मान्छेको राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो।
प्रकाशित मिति: २७ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया