२२ कार्तिक,काठमाडौंपानीको पर्खाल कविता कृति लिएर कवि कृष्ण उदाशी यतिबेला देशको राजधानी काठमाडौं आइपुगेका छन्।उनको कविता कृति पानीको पर्खालको आजै मात्र काठमाडौंको सर्वनाम थिएटरमा बिधिवत रुपमा बिमोचन भइसकेको छ। बिमोचन कार्यक्रममा आफ्नो कृतिको सन्दर्भलाई जोड्दै उनले भने काठमाडौले जहिल्यै हामी बाहिरकोलाई मोफसलको ठान्छ। हामी हौइनौं भन्छौ उ हो भन्छ। यसकारण पनि यो पर्खाल भत्काउन म यहाँ यसरी उभेको छु।

पानीको पर्खाल

किताबको सन्दर्भलाई जोड्दै उनले कृतिबाट दुइवटा मार्मिक कविताहरु वाचन गरे र उपस्थित अतिथि दर्शकलाई बडो भावुुक बनाए। कार्यकक्रममा प्रमुख अतिथिको रुपमा बरिष्ठ कवि गीतकार श्रवण मुकारुङ उपस्थित थिए उनले बोल्ने क्रममा कविलाई बधाई दिदैँ भने,कविता भनेको सारहरुमा कविताको दर्शनहरुमा बाँच्ने रहेछ मलाई आशा छ यी सम्पुर्ण तत्व यो कृति पानीको पर्खालभित्र छ। महेश क्षितिजले सञ्चालन गरेको उक्त बिमोचन कार्यक्रममा समालोचक दूय डा।अम्बिका अर्याल र डा।आशोक थापाले कृतिभित्रको कविताहरुको समिक्षात्मक चीरफार गरेका थिए।

प्रकाशित मिति: २३ कार्तिक २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com