काठमाडौं २२ कार्तिक । निर्देशक दिनेश माङम दूारा निर्देशित म्युजिकल फिल्म मुग्लानको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गितकार सरिता राई आङबुहाङको शव्दमा साजन राईको संगीत तथा आवाजमा सजिएको ह्दयविदारक गित मुग्लन को म्युजिक भिडियो ताप्लेजुङ मिडिया हाउस युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

बुढेसकालको साहारा बन्नु पर्ने बेलामा गरीबीले थिचेपछि साहुको ऋण तिर्नलाई बिदेशीनु परेका छोरा छोरीको यादमा बेसहरा बनेका बृद्ध बाआमाको ह्दयविदारक पिडा प्रस्तुत गरिएको भिडियोमा विष्णु मोक्तान, बिमला खजुम, उदय बेघा, मिना लिम्बू, निश्चल कुलुङ राई र पुर्ण बहादुर लिम्बूले अभिनय गरेका छन् । माङमु फिल्म्सको पोष्ट प्रडक्सनमा सरिता राई आङबुहाङको परिकल्पना रहेको भिडियोमा बाल कलाकारको रुपमा याङसुङ बेघा, मिङसो माङमु र तान्छोहाङ बेघाको अभिनय रहेको छ।

सुजन श्रेष्ठको छायांकन, मोती सिग्देलको सहायक छायांकन, निश्चल कुलुङ राईको कला, र कृष्ण सुबेदीको मेकअप रहेको भिडियोमा अनिल रानाको सम्पादन तथा कलर रहेको छ। देबेश राईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गितको रेकर्डिङ सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले गरेका हुन् ।

https://youtu.be/wdKZGpxGCaE?si=LSkR0W7DJgm8auD6

प्रकाशित मिति: २३ कार्तिक २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com