न्युयोर्क।

३४ वर्षीय जोहरान ममदानीले संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठुलो सहरको नेतृत्व गर्न मेयरको दौड जितेका छन्। यो अत्यधिक प्रतिस्पर्धात्मक दौडले विश्वको ध्यान तानेको थियो।

आइतबारको यो विजयले ८४ लाखभन्दा बढी मानिस भएको, आर्थिक र सांस्कृतिक रूपमा अन्तर्राष्ट्रिय महत्त्व बोकेको न्युयोर्क सहरका लागि इतिहास रचेको छ। मामदानी यो सहरको नेतृत्व गर्ने पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली मूलका व्यक्ति र अफ्रिकामा जन्मेका पहिलो व्यक्ति बनेका छन्।

सोमबार उनले आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै यो जितले ‘यस सहरमा इतिहास रच्ने बिन्दुमा पुर्‍याउने’ बताएका थिए। महानगरका मतदाताहरूले ममदानीको ऐतिहासिक जितलाई स्वागत गरिरहेका छन्। उनका समर्थकहरूको एउटा ठुलो हिस्साले यो उनको धर्म वा जातीय पहिचानको बारेमा नभई उनको ‘किफायती जीवन’ सम्बन्धी केन्द्रित सन्देशको कारण भएको प्रस्ट पारेका छन्।

यस दौडले डेमोक्र्याटिक पार्टीको भविष्यको लागि एक महत्त्वपूर्ण सङ्केत पनि दिएको छ। धेरैका लागि पूर्व गभर्नर एन्ड्रयू कुमोले विगतको धनी दाता-प्रभुत्व प्रतिष्ठानको प्रतिनिधित्व गर्छन् भने जोहरान ममदानी एक स्पष्ट लोकतान्त्रिक समाजवादीको रूपमा पार्टीका लागि सम्भावित नयाँ बाटोको प्रतिनिधित्व गर्छन्।

कुमोले मंगलबार आफ्नो मत दिँदै यो ‘डेमोक्र्याटिक पार्टीमा केही समयदेखि चलिरहेको गृहयुद्ध हो’ भन्न कुनै सङ्कोच गरेनन्।  कुमोले ममदानीसँग जुनमा भएको डेमोक्र्याटिक प्राइमरीमा पराजित भएपछि स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित मिति: २१ कार्तिक २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com