८ कात्तिक, काठमाडौं ।

मुस्ताङमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढेको छ । तिहारको अवसर पारेर घुम्न जानेहरूको आन्तरिक पर्यटकको संख्या वृद्धि भएका कारण मुस्ताङमा घुइँचो बढेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार अहिले आन्तरिक पर्यटकले जिल्ला भरिभराउ छ । पर्यटकको संख्या बढेपछि जोमसोम र मार्फाका होटलहरूमा बास पाउनसमेत गाह्रो देखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाले बिदाको समय परेकाले मुस्ताङ घुम्ने मानिसहरूको चाप बढेको बताइन् ।

‘केही दिनदेखि सवारी चाप देखिन्छ । बिदाको समय परेकाले घुम्न आउने मान्छेको चाप बढेको छ’, उनले अनलाइनखबरसँग भनिन्, ‘होटलहरू भरिएका छन् । बास बस्ने ठाउँ नहुँदा म्याग्दीतिर फर्किएका छन् ।’

बेनी-जोमसोम-कोरोला सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभीर र मुस्ताङको घरपझोङ गाउँपालिका–४ घ्हैकु भीर नजिकै शुक्रबार सवारीसाधन जामको दृश्य देखिएको थियो ।

प्रहरी नायव उपरीक्षक लामाले भनिन्, ‘सडकमा अरू समस्या छैन । चापका कारण ट्राफिक जाम देखिएको हो ।’

प्रकाशित मिति: ९ कार्तिक २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com