३० असोज, काठमाडौं ।

जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएको काठमाडौं जिल्ला अदालतले नागरिक उड्डयन प्राधिकरणको केही कोठा प्रयोग गरेर काम सञ्चालनको तयारी गरेको छ ।

प्राधिकरणको भवनमा रहेका केही कोठा काठमाडौं जिल्ला अदालतलाई प्रयोग गर्न दिने विषयमा आज निर्णय गर्ने तयारी छ । त्यसका लागि बिहान साढे ११ बजे प्राधिकरणको बोर्ड बैठक बोलाइएको छ ।

सो बैठकमा पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएकी प्रधानमन्त्री सुशीला कार्कीसमेत सहभागी हुँदैछिन् ।

जेनजी युवा आन्दोलनको क्रममा सर्वोच्च अदालतसहित काठमाडौं जिल्ला अदालत, विशेष अदालत लगायतका भवनमा आगजनी भएको थियो ।

काठमाडौं जिल्ला अदालत छेउमै रहेको प्राधिकरणको कार्यालयमा पनि आगजनी भएको थियो तर केही भाग बाँकी रहेकोले त्यसबाट अदालतको कामकारबाही सुरु गर्ने तयारी गरिएको हो ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com