२५ असोज, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीको छलफल सोमबारका लागि सरेको छ । बिहान १० बजेदेखि सुरु हुने भएको भनिएको छलफल दुईदिन पछि सारिएको हो ।

छलफलका लागि शीतलनिवास पुगेको जेनजीका एक अगुवाका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएको भनी बैठक सारिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँग भने अनौपचारिक छलफल जारी राखेका छन् ।

राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र जेनजीका अगुवाहरु बीचमा छलफल गर्ने गरी आज शीत लनिवास बोलाइएको थियो । शीतल निवासमा प्रवेश नपाएको भनी केही जेनजीले गेटबाहिर विरोध गरेका थिए ।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com