२३ आसोज काठमडौं

नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भाषा तथा साहित्य समिति गैरआवासीय संघ एन आर एन ए आइसीसीले आज विहीवार साहित्यिक संगोष्ठी तथा बहुभाषिक सिर्जना वाचन शिर्षक राखेर भव्यताका साथ साहित्यिक कार्यक्रम सम्पन्न गर्यो ।

प्रज्ञा प्रतिष्ठानको देवकोटा कक्षमा ११ बजे देखि सुरु भएको उक्त कार्यक्रमा मुख्य अतिथिको रुपमा बरिष्ठ कवि गीतकार कूलपति भूपाल राई उपस्थित थिए ।

(एन आर एन ए)का बर्तमान उपाध्यक्ष भाषा तथा साहित्य समिति गैरआवासीय संघका संयोजक तथा लेखक कवि अनुसन्धानर्कता विस्वाशदीप तिगेलाले कार्यक्रमको सभापतित्व सम्हालेका थिए ।

उपस्थित कविहरुले खस नेपाली, याक्थुङ, तामाङ, नेपाल, शेर्पा, बान्तावा राई, चाम्लिङ राई, वाम्बुले राई, ढुट मगर, खाम मगर, काइके मगर, राजवंशी, थामी, धिमाल, डोट्याली, राना थारू, दगौडा थारू, सुनुवार, मैथिली, अवधी, भोजपुरी भाषाहरूमा सिर्जना वाचन गरेका थिए ।

बिशिष्ट अतिथि महेश श्रेष्ठ रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचीव धनप्रसाद सुवेदीले राखेका थिए ।

कवि लेखक मुन्धुम अध्येता अमित थेबेले सञ्चालन गरेको सो कार्यक्रम प्रज्ञा प्रतिष्ठानको मातृ भाषा विभाक प्रमुख लेखक राजन मुकारुङको धन्यवाद सम्भाषण पछि समापन भएको थियो ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com