पोखरा

जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा फरार कैदीबन्दीमध्ये दुईजना स्याङ्जाबाट पक्राउ परेका छन्। उनीहरु दुवैजना बलात्कार मुद्दाका कैदीबन्दी हुन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आइतबार उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला कारागार स्याङ्जा पठाएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए।
पक्राउ पर्नेमा वालिङ नगरपालिका ९ बस्ने ३५ वर्षीय मदन माझी र बिरुवा गाउँपालिका ६ बस्ने १९ वर्षीय युवक हुन्। माझी केन्द्रीय कार्यालय जगन्नाथदेवल काठमाडौँ र अर्का नाम गोप्य राखिएका युवक बाल सुधार गृह पोखराबाट फरार भएका थिए ।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com