१८ असोज, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बर्षाजन्य जोखिम बढेको बेला सञ्चार सम्पर्कविच्छेद हुन नदिन मातहतका निकायलाई निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले शनिबार मन्त्रालय अन्तर्गतका विभिन्न निकाय र संस्थाका पदाधिकारीहरूलाई तीन दिन उच्च सतर्कता अपनाएर काम गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले सञ्चार सम्पर्क विच्छेद हुन नदिन र सञ्चारमा अवरोध भए तत्काल मर्मत संभार गरेर दूरसंचार सेवा सुचारू गर्न तयारी अवस्थामा रहन पनि निर्देशन दिएका छन् ।

मन्त्री खरेलले विपद्को समयमा सञ्चार माध्यमको भूमिका अझ बढ्ने उल्लेख गर्दै जनतालाई सुसूचित गर्ने र सुरक्षाका विभिन्न उपायहरू अपनाउन प्रोत्साहन गर्ने सन्देशमूलक सामग्री

प्रकाशन/प्रसार गर्नुपर्ने बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै पनि भूभागमा सञ्चार सेवा अबरुद्ध भएमा वा त्यस सम्बन्धी कुनै आकस्मिक सूचना प्रवाह गर्न आवश्यक भएमा सम्पर्क गर्ने सकिने निकायको सम्पर्क नम्बर व्यवस्था गरेको छ ।

त्यसका लागि दूरसञ्चार कम्पनीको १४९८, एनसेलको ९००५, नेपाल दूरसञ्चार प्राधिकरणको ९८५१०८७४३२ र ९८४१३७६२०३ तथा मन्त्रालयको ९८४९०५३६६३ र ९८४१५२०११५ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com